आज बस्दै एमाले सचिवालय बैठक, महाधिवेशन तयारी केन्द्रमा

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। साउन २ गतेका लागि तय गरिएको पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न आजको बैठक बोलाइएको हो।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा राजनीतिक, साङ्गठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावहरू पेस हुने तयारी छ।

महाधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पार्टीभित्र ७० वर्षे उमेरहद र २ वर्षे कार्यकालसम्बन्धी प्रावधानलाई लिएर विवाद चर्किंदै गएको छ। यसै विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्