साउने सङ्क्रान्ति आज, देशभर स्नान–दान गरी मनाइँदै

काठमाडौँ — साउन १ गते पर्ने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र आफन्तसँग रमाइलो गरेर मनाइँदै छ। सूर्यले मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि दक्षिणायन सुरु हुन्छ भने माघ १ गते उत्तरायण सुरु हुने गर्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर खेतमा काम गर्दा लाग्ने छालाका रोग निको पार्न आजको दिन ‘लुतो फाल्ने’ चलन छ। यस अवसरमा कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने परम्परा छ। कागभलायो, कुकरडाइनो, पानीअमला, लुतेझारजस्ता औषधिजन्य वनस्पतिहरूको प्रयोग गरिन्छ। घर–घरमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने परम्परा पनि छ। साउनलाई भगवान् शिवको पूजा–आराधनाको महिनाका रूपमा लिइन्छ।

महिलाहरू हरियो चुरा, कपडा र रातो पहिरनमा सजिएर पर्व मनाउँछन्। यस महिनामा हरियो र रातो वस्त्र तथा गहनाको बिक्री बढ्ने गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्