काठमाडौँ — मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले बैठक घोषणा गरेलगत्तै सांसदहरू उभिएर सरकारको आलोचना गरे।
सभामुखले बोल्न समय दिएका रास्वपा सांसद शिव नेपालीले संघीय मामिला मन्त्री राजकुमार गुप्ताको राजीनामा मात्र पर्याप्त नभई घूस प्रकरणमा गहिरो छानबिन हुनुपर्ने बताए।
सांसद नेपालीले गुप्ताले राजीनामाद्वारा नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले भने प्रश्न उठ्दा पनि राजीनामा नदिएर पदको लोभ देखाएको टिप्पणी गरे। उनले सभामा सोधे, ‘गृहमन्त्री कहिले राजीनामा दिनुहुन्छ?’