काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारको रुपमा समावेश गरिएको छ। यसअघि बैठकको प्रारम्भमा मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै पक्षको सामूहिक प्रतिबद्धता आवश्यक भएको उल्लेख गरेका थिए।

संविधानअनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि आन्तरिक विवाद र समन्वय अभावका कारण काठमाडौं महानगरको बजेट प्रस्तुतिमा ढिलाइ भएको हो। ढिलाइका कारण उपप्रमुख डंगोलले महानगरवासी र सरोकारवाला निकायहरूसँग माफी समेत मागेकी थिइन्। उनले विगतका तितामिठा अनुभवबाट सिक्दै समस्याको समाधानतर्फ अघि बढिएको बताउँदै फेरि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्