काठमाडौं महानगरको घोषणा: जोखिममा परेका बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जोखिममा परेका, हिंसाबाट पीडित वा सडकमा बसोबास गर्न बाध्य बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ।

आइतबार नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले बालअधिकार सुनिश्चित गर्न महानगरले विशेष पहल सुरु गर्ने बताए। उनले बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि संरक्षण गृह सञ्चालन गरिने जानकारी गराए।

महानगरले बालअधिकारलाई प्राथमिकताको रूपमा लिँदै असहाय तथा विशेष संरक्षण आवश्यक बालबालिकालाई तत्काल राहत, सुरक्षा तथा पुनःस्थापनाको संयन्त्रका रूपमा अस्थायी संरक्षण गृहलाई अघि सारेको हो।

नीति अनुसार, उक्त संरचनामार्फत जोखिममा परेका बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्नुका साथै उनीहरूको शारीरिक, मानसिक र सामाजिक पुनर्संलग्नतामा ध्यान दिइनेछ।
महानगरले यो पहलबाट बाल संरक्षणको कार्य थप प्रभावकारी हुने र समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्