कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलालाई सर्पले डस्दा ज्यान गएको छ। २८ वर्षीया कमला आउजीलाई सर्पले बाँया गालामा डसेको थियो।
घटना लगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि शनिबार साँझ ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए।
नगरप्रमुख हेमराज ओझाका अनुसार छाउगोठमै सुत्ने क्रममा सर्पले डसेको पुष्टि भएको छ। नगरपालिकाले छाउपडी प्रथाविरुद्ध अभियान चलाइरहे पनि सामाजिक परम्पराका कारण यो अभ्यास अन्त्य हुन नसकेको ओझाले बताए।







