काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले परोपकारी कार्य सिक्नुपर्नेमा जोड दिएका छन् । उनले मानिस मर्दा केही नलैजाने भएकाले स्मरण योग्य काम गर्नुपर्ने बताए ।
शनिबार झापाको बुद्धशान्ति गाउँपालिकामा भागिरथा न्यौपानेको नाममा निर्माण भएको ‘भागिरथा बुद्धशान्ति अस्पताल’को उद्घाटन गर्दै ओलीले परोपकार अरूका लागि प्रेरणा बन्ने बताए ।
२०७७ जेठ ३२ गते नेपाल रेडक्रसको सानो भवनबाट सेवा शुरु गरेको अस्पताल अहिले १० शय्यामा सञ्चालित छ । अस्पतालमा बीमा सेवा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध छन् ।






