काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छन्। इटालीको रोममा आयोजित एफएओको ४४औँ अधिवेशन तथा उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागिता जनाएपछि उनी जर्मनी गएकी थिइन्।
बर्लिनमा जर्मनीका विदेशमन्त्रीसँग भेट गर्दै उनले द्विपक्षीय व्यापार, रासायनिक मल कारखाना स्थापना र सिधा हवाई उडानका विषयमा छलफल गरेकी थिइन्। साथै, नेपालमाथिको युरोपेली प्रतिबन्ध हटाउन सहयोगको आग्रह पनि गरेकी थिइन्।
परराष्ट्रमन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।