अलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्च जाँदै

काठमाडौं – कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको छ।

महान्यायाधिवक्ता रमेश बडालले बुधबार पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरिसकेका छन्। कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार हाल पुनरावेदन निवेदनको मस्यौदा तयार भइरहेको छ र २–३ दिनमै सर्वोच्चमा दर्ता गरिनेछ।

जिल्ला अदालतबाट सफाइ पाएका र उच्च अदालतबाट सफाइ पाएका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने मागदाबीसहित सर्वोच्चमा पुनरावेदन हुने जनाइएको छ।

१४ जेठमा न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहितका आरोपितलाई सफाइ दिने फैसला गरेका थिए। सो फैसलापछि चौतर्फी आलोचना उठेको थियो। फैसलाका दुवै न्यायाधीश हाल न्यायपरिषद्मा छानबिनका लागि तानिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्