तिब्बत क्षेत्र आज राति बढी वर्षा हुन सक्ने चीनको सूचना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको सूचना चिनियाँ अधिकारीबाट आएको बताएको छ।

मंगलबार सूचना जारी गर्र्दै प्रशासनले त्यसबाट भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।

‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोसी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ,’ प्रशासनको सूचनामा भनिएको छ। भोटेकोसीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ भने अहिलेसम्म ७ जनाको शव भेटिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्