हिम स्टार उर्जा कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने

काठमाडौं – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २७ गतेसम्म वा बढीमा साउन ६ गतेसम्म दिन सकिनेछ। कम्पनीको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्