काठमाडौं– धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। नदी किनारमा लेदो माटोमा पुरिएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
शव फेला परेका दुवै व्यक्तिको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ।घटनाबारे थप विवरण आउन बाँकी छ।







