रसुवा बाढी अपडेटः मितेरी पुल बगायो, सयौँ इभी गाडी पनि बगाएको अनुमान

काठमाडौं – रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब तीन बजे अचानक आएको बाढीले बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ ।

स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको खबर प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्