काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन गर्दै देउवाले संविधान संशोधनका लागि पार्टीबाट पनि कार्यदल बनाउने बताएका हुन् ।
उनले संशोधनको प्रक्रिया तत्काल सुरु गर्ने गरी छलफल भइरहेको बताए । देउवाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने बताए ।गठबन्धनका क्रममा सानातिना समस्या देखिनु स्वाभाविक भएको बताउँदै देउवाले ती समस्यालाई समाधान गर्दै अघि बढिने बताए ।







