“राम नेपालमै जन्मिएका हुन्, यथार्थ भन्न डराउन हुँदैन” : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थान हालको नेपाली भूभागमा पर्छ भन्ने दाबी पुनः दोहोर्याएका छन् ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा बोल्दै उनले धार्मिक र ऐतिहासिक यथार्थहरू स्पष्ट बोल्न डराउन नहुने बताए । प्रधानमन्त्री ओलीले नेपालमा राम जन्मिएको प्रसंगलाई बहसयोग्य विषय बनाउनेभन्दा पनि पर्यटन र सांस्कृतिक पहिचानसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने तर्क गरे । उनले भने, “हामी आफैंले आफ्ना साँस्कृतिक सम्पदाबारे बोल्न डराउँछौं, को रिसाउँछ भनेर सच्याइएका यथार्थलाई लुकाउनु हुँदैन ।”

उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपाली भूभागसँग सम्बन्धित रहेको उल्लेख गर्दै वाल्मीकि रामायणमा समेत राम र लक्ष्मणले कोशी नदी तरेर शिक्षा प्राप्त गर्न आएको प्रसंग रहेको सुनाए । “मैले लेखेको होइन, रामायणमा छ— राम र लक्ष्मणलाई विश्वामित्रले यही भूभागमा शिक्षा दिएका थिए,” भन्दै उनले नेपाली इतिहास र धार्मिक परम्परालाई गर्वका साथ प्रस्तुत गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले धार्मिक आस्थाभन्दा पर सत्य तथ्यलाई आत्मविश्वासका साथ विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्