धनगढी – नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए । बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुभूति गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएका थिए ।