नेप्से लगातार उकालो, बुधबार ३४ अंकले बढ्यो, कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं – शेयर बजार परिसूचक नेप्से बुधबार पनि उकालो लाग्दै ३४.४२ अंकले बढेको छ । यससँगै नेप्से २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारदेखि नै उकालो लाग्न थालेको बजारले चार दिनसम्म लगातार हरियाली यात्रा कायम राखेको हो ।

बुधबार सेयर बजारमा कारोबार रकम समेत उल्लेख्य रूपमा बढेको छ । मंगलबार ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भयो । एकै दिनमा कारोबार रकममा २ अर्ब ७१ करोड रुपैयाँको वृद्धि भएको हो ।

यसदिन ३१७ वटा धितोपत्रको कुल ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भए । जसमा १८२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६२ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहको परिसूचक उकालो लाग्दा समग्र नेप्से हरियो रहन सफल भयो । जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी २.८३ प्रतिशतले उकालो लागेको छ ।

बुधबार सबैभन्दा धेरै मूल्य वृद्धि ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको भयो । दुवैको मूल्य ९.९९ प्रतिशतले बढेको हो । ग्रीन डेभलपमेन्टको सेयर मूल्य १५१६ रुपैयाँ ८० पैसा र खानीखोलाको मूल्य ४३२ रुपैयाँ ७० पैसा कायम भएको छ ।

नेपाल इन्स्योरेन्सको मूल्य ९.८२ प्रतिशतले उकालो लाग्दै ६४२ रुपैयाँ ३१ पैसामा पुगेको छ । आइसिएफसी फाइनान्सको डिबेञ्चरको मूल्य सर्वाधिक ३.७३ प्रतिशतले घटेर १०८३ रुपैयाँमा झरेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य ३.३१ प्रतिशतले घट्दै २१४० रुपैयाँ २१ पैसा कायम भएको छ ।

बुधबार कारोबारको हिसाबले एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रह्यो । कम्पनीको प्रतिकित्ता २२५० रुपैयाँमा ५५ करोड ५३ लाख रुपैयाँको कारोबार भयो । यसको मूल्य अघिल्लो दिनको तुलनामा ४.२१ प्रतिशतले बढेको हो ।

सर्वाधिक कारोबार भएका कम्पनीमा दोस्रो स्थानमा साहस ऊर्जा रह्यो । यसको सेयर ६१४ रुपैयाँ ९० पैसामा ४९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । लगातारको वृद्धिले लगानीकर्तामा उत्साह थपिएको छ भने बजारले आगामी दिनमा थप सुधारको संकेत दिएको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्