काठमाडौँ – विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टै शेयर बाँडफाँट गरिसकिएको छ। अब कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाहेक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्म दिन सकिन्छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीलाई “BBB-” रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ।