शिक्षा क्षेत्रको उत्कृष्ट उदाहरण: दार्चुलामा श्रीमान–श्रीमती दुबै क्याम्पस प्रमुख

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका–१ का परमल सिंह महरा र मेनका रावल दम्पती दुवै जना शैक्षिक नेतृत्वको महत्वपूर्ण जिम्मेवारीमा छन्। दुबै जना दार्चुलाका प्रतिष्ठित क्याम्पसहरूमा क्याम्पस प्रमुखको रूपमा कार्यरत छन्, जुन शिक्षा क्षेत्रमै एउटा दुर्लभ र प्रेरणादायी संयोग मानिएको छ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आङ्गिक संस्था गोकुलेश्वर बहुमुखी क्याम्पसमा परमल सिंह महरा क्याम्पस प्रमुखको रूपमा कार्यरत छन्। उनी २०८० साउन १ गते चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्।

उनकी श्रीमती मेनका रावल भने दार्चुलाकै मार्मा–३, लटिनाथमा रहेको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लटिनाथ बहुमुखी क्याम्पसमा प्रमुखको रूपमा दोस्रो कार्यकाल सम्हालिरहेकी छन्।क्याम्पस प्रमुख महराले यो संयोगलाई सबैको माया, स्नेह र प्रेरणाको परिणाम भनेका छन्। “सकारात्मक सोच, मेहनत र सबैको साथले यहाँसम्म आइपुगियो,” महराले प्रतिक्रिया दिंदै अगाडि भने, “हामी निरन्तर हौसला, रचनात्मक सहयोग र मार्गदर्शनको अपेक्षा राख्छौं।”

शिक्षा क्षेत्रमै सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका महरा–रावल दम्पती दार्चुला जिल्लाका युवायुवतीका लागि प्रेरणाका स्रोत बनेका छन्। स्थानीय समुदाय, विद्यार्थी तथा शैक्षिक वृत्तमा उनीहरूको योगदानको उच्च मूल्याङ्कन भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्