काठमाडौं – रुपन्देही–३ मा आउँदो १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार सो मितिमा उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित संघीय सांसद दीपक बोहराको निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाइएको छ। अब तोकिएको मितिभित्र उम्मेदवारी दर्तादेखि मतगणनासम्मको प्रक्रिया तय हुने आयोगले जनाएको छ।