धनगढीमा भारी वर्षाले जनजीवन प्रभावित, टोलटोल डुबानमा

File Photo

धनगढी – लगातारको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका–८ का बस्तीहरू डुबानमा परेका छन्। बिहानैदेखि परेको वर्षाले पूरै टोल जलमग्न हुँदा घरघरमा पानी पसेको छ। नालाको पानी समेत बस्तीभित्र पस्दा स्थानीय बासिन्दा सडकमा आउन बाध्य भएका छन्।

स्थानीयका अनुसार वर्षासँगै नालाको निकास अवरुद्ध हुँदा टोलभित्रै पानी थुप्रिएको हो। “घरभित्रै पानी पस्यो, सामानहरू जोगाउन ठाउँ छैन,” एक स्थानीयले बताए। पसल, घर, गोदाम सबैमा पानी पस्दा जनजीवन अस्तव्यस्त बनेको छ।

“पानीको निकास व्यवस्था नहुँदा समस्या”

स्थानीयहरूले वर्षेनी यस्तै समस्या दोहोरिने भए पनि नगरपालिकाले ठोस समाधान नगरेको गुनासो गरेका छन्। “निकास नहुँदा साना–साना खोलाबाट निस्कने पानी पनि यहाँ थुप्रिन्छ,” अर्का स्थानीयले भने। डुबानका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। अधिकांश घरका भान्सा, शौचालय र भुइँतलाका कोठाहरूमा पानी भरिएका छन्। अहिलेसम्म मानवीय क्षति नभएको जनाइएको छ तर स्थानीय प्रशासनले जोखिम क्षेत्रको अनुगमन र तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग बढ्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्