विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समिति बैठक, शिक्षक महासंघको दबाब

काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारमा बसेको छ। बैठकमा विद्यालय शिक्षा विधेयकका महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ। आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्डको भूमिका, विद्यालय मर्ज (गाभ्ने), विषयगत शिक्षकको व्यवस्थाजस्ता विषयहरूमा गहिरो छलफल भइरहेको छ। शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयलाई प्राथमिकतामा राख्दै व्यापक छलफललाई तीव्र बनाएको छ।

यसैबीच, नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिको म्याद आज सकिँदैछ। वैशाख १७ गते सरकार र महासंघबीच भएको सहमति अनुसार असार १५ भित्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेछ। महासंघले गरेको हड्तालपछि सरकारले सहमति गरेको भए पनि आजै ऐन जारी हुने स्पष्टता भने अझै छैन।

सहमतिको अन्तिम दिन परेकोले शिक्षक महासंघको प्रतिनिधि टोली बिहानैदेखि सिंहदरबार पुगेको छ। समितिमा उपस्थित सांसदहरूमाथि ऐन छिटो जारी गर्न दबाब दिइरहेको महासंघको भनाइ छ। समितिमा धेरैजसो विषयमा सहमति भइसकेको भए पनि केही महत्वपूर्ण बुँदामा अझै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।

शिक्षा क्षेत्रका सरोकारवाला पक्षहरू अहिले ऐनको स्पष्ट रूपरेखा र कार्यान्वयन सुनिश्चित गराउन दबाबमूलक उपस्थितिमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्