विद्यालय शिक्षा विधेयकमाथि समितिको बैठक: एसईई राख्ने कि नराख्ने भन्नेबारे छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको छ। बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनबारे विस्तृत छलफल भइरहेको छ।

बैठकमा विशेष रूपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) कायम राख्ने कि खारेज गर्ने भन्ने विषयमा समिति सदस्यहरूबीच विचार–विमर्श सुरु भएको छ।

समितिले पछिल्ला केही दिनदेखि निरन्तर छलफल गर्दै आएको विधेयक प्रतिनिधिसभामा पठाउन अन्तिम तयारीमा रहेको छ। समितिका अनुसार, प्रस्तावित विधेयकले माध्यमिक तहको मूल्यांकन, पाठ्यक्रम, शिक्षक व्यवस्थापन र शिक्षाको समान पहुँचलगायतका विषयलाई समेटेको छ।

बैठकमा सहभागी सांसदहरूबीच एसईई परीक्षा हालकै स्वरूपमा निरन्तरता दिइने कि नयाँ विकल्पको व्यवस्था गरिने भन्ने विषयमा मतभेद देखिएको स्रोतले जनाएको छ। केही सांसदले एसईईलाई समाप्त गरेर आन्तरिक मूल्यांकन प्रणालीमा जानुपर्ने तर्क गरेका छन् भने केहीले राष्ट्रिय मान्यता प्राप्त परीक्षा प्रणालीको आवश्यकता अझै रहेको बताएका छन्।

समितिले छलफलपछि प्रतिवेदनलाई संशोधन गर्दै निकट भविष्यमै प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्