एसईई नतिजामा सुधार मेहनतको प्रतिफल हो अंक थपेको होइन: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ को नतिजामा कुनै पनि प्रकारको खेलबाड नभएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेत र शिक्षकमार्फत दिइएको सहयोजनकै परिणामस्वरूप नतिजा राम्रो आएको बताए।

उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजामा उल्लेखनीय सुधार देखिएको भन्दै त्यसलाई अंक थपिएको वा कृत्रिम रूपमा बढाइएको भन्ने आरोपहरू बेबुनियाद भएको टिप्पणी गरे। “विद्यार्थीले मिहिनेत गरेर ल्याएको नम्बरलाई अपमान गर्ने किसिमको टिप्पणी दुःखद छ,” उनले भने, “६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड हुनु रेकर्ड हो, जसले शैक्षिक क्षेत्रमा सकारात्मक संकेत दिएको छ।”

प्रधानमन्त्री ओलीका अनुसार सरकारले विभिन्न तहमा सुधार प्रयास गर्दै अनलाइन शिक्षा, मेन्टर शिक्षक कार्यक्रम, तथा दूरसञ्चार र प्रविधिको प्रयोगमार्फत डेढ लाख विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्‍यो, जसको प्रत्यक्ष असर नतिजामा देखिएको हो।

गत वर्ष कमजोर नतिजा आएपछि यसपटक ७० प्रतिशतसम्म ग्रेडेड पुर्‍याउने लक्ष्य राखिएको र त्यसैअनुसार कार्यान्वयन गरिएको उनले उल्लेख गरे। अबको वर्षमा योभन्दा अझ राम्रो नतिजा ल्याउने प्रयास भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्