संसदमा रास्वपाको अवरोध जारी, भिजिट भिसा प्रकरणमा न्यायिक आयोगको माग

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रभावित भयो। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर संसदीय प्रक्रिया अवरुद्ध गरेका हुन्।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग दोहोर्‍याए। यही मागलाई लिएर रास्वपाले गत जेठ १३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको हो।

रास्वपाले भिजिट भिसा दुरुपयोग प्रकरणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै आएको छ। पार्टीले दोषीलाई कारबाही गर्न स्पष्ट छानबिन नहुँदासम्म संसद चल्न नदिने अडान लिएको छ।

सरकार र सत्तापक्षले भने यस विषयमा संवाद र सहमतिका माध्यमबाट समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ। तर, अहिलेसम्म दुबै पक्षबीच ठोस सहमति बन्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्