अर्किड प्युपल स्कुलको उच्च सफलता, विनिशा राजभण्डारीले ल्याइन् ४ जिपीए

काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत उत्तीर्ण दर कायम राख्दै नगर क्षेत्रकै एक अग्रणी शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।

यस वर्षको परीक्षामा विद्यालयकी मेधावी छात्रा विनिशा राजभण्डारीले पूर्ण ४.०० GPA प्राप्त गर्दै विद्यालय टप गर्न सफल भएकी छन्। उनको यस उपलब्धिले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरणअनुसार १८ जना विद्यार्थीहरूले ३.६० भन्दा माथिको GPA ल्याएर A+ ग्रेड हासिल गरेका छन्। बाँकी सम्पूर्ण विद्यार्थीहरूले ३.२० भन्दा माथिको GPA ल्याउँदै A ग्रेड मा परीक्षा उत्तीर्ण गरेका छन्, जसले विद्यालयको शैक्षिक गुणस्तर र नियमित परिश्रमको प्रमाण दिएको छ।

विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यूहरू तथा शिक्षक-शिक्षिकाहरूलाई यस उत्कृष्ट नतिजाका लागि हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानाध्यापकको तर्फबाट जारी गरिएको सन्देशमा भनिएको छ कि यो उपलब्धि विद्यार्थीहरूको निरन्तर मिहिनेत, अभिभावकहरूको विश्वास र शिक्षकहरूको समर्पणकै परिणाम हो।

 विद्यालयले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ सफलताको शुभकामना व्यक्त गर्दै अझ उच्च लक्ष्यहरू हासिल गर्न प्रेरित गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्