काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको छ। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने कुल ४ लाख ९९ हजार १८३ परीक्षार्थीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४.० जीपीए ल्याएका छन्।
यस वर्षको नतिजा गत वर्षको ४७.८६ प्रतिशतभन्दा १३.९५ प्रतिशतले सुधार भएको हो। गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको छ, जसमा १ लाख २८ हजार २१५ जना नन ग्रेडेड भएका छन्।
बोर्डले नन ग्रेडेड विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने जानकारी दिएको छ।
यसरी हेर्न सकिन्छ एसईई २०८१ को नतिजा:
विद्यार्थीहरूले SMS, IVR र Website को माध्यमबाट सजिलै नतिजा हेर्न सक्नेछन्।
-
परीक्षा नियन्त्रण कार्यालय – www.see.gov.np
-
राष्ट्रिय परीक्षा बोर्ड – www.neb.gov.np
-
नेपाल टेलिकम – http://www.see.ntc.net.np