काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ २०७८ असार १३ गते कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। यसपटक नतिजा गत वर्षको तुलनामा उल्लेखनीय सुधार भएको छ।
बोर्डका अनुसार यो वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। अघिल्लो वर्ष (२०८०) यो दर ४७.८६ प्रतिशत मात्र थियो, जसअनुसार यो वर्ष १३.९५ प्रतिशत सुधार भएको हो।
नतिजासँगै बोर्डले नन ग्रेडेड विद्यार्थीहरूलाई आगामी साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ। यसले कमजोर विद्यार्थीलाई दोस्रो अवसर दिने उद्देश्य राखेको छ।
जीपीए अनुसार विद्यार्थी संख्या:
-
३.६ – ४.०: ४८,१७७ जना
-
३.२ – ३.६: ८१,३५५ जना
-
२.८ – ३.२: ९९,१२४ जना
-
२.४ – २.८: ४८,४७९ जना
-
२.० – २.४: ४,१२६ जना
-
१.६ – २.०: ८ जना
यसपटक नियमिततर्फ ४ लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए। कुल परीक्षार्थी (नियमित + ग्रेड वृद्धि) संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।