परराष्ट्रमन्त्री आरजु राणा देउवा एफएओ सम्मेलनमा सहभागी हुन रोम प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन्। उनले जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४औं सत्रमा सहभागी हुनेछिन्।

परराष्ट्रमन्त्री राणाले सम्मेलनका प्रमुख सत्रहरू साथै अन्य उच्चस्तरीय बैठकहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री राणाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी छन्।

एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिन सहरहरूमा लगानी बोर्ड नेपाल द्वारा आयोजना गरिने विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम छ।
उक्त कार्यक्रममा उनले नेपालमा लगानी प्रवर्द्धन, द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार लगायतका विषयमा सम्बोधन गर्नेछिन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्