काठमाडौं – नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन्। गभर्नर विश्वनाथ पौडेल स्विजरल्यान्ड प्रस्थान गरेपछि अर्थ मन्त्रालयले मिश्रलाई गभर्नर नफर्केसम्मका लागि कामु गभर्नरको जिम्मेवारी दिएको हो।
यसबीच सिनियर डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना पनि हाल बंगलादेश भ्रमणमा रहेकाले मिश्रलाई यो जिम्मेवारी दिइएको हो। नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
गभर्नरको अनुपस्थितिमा केन्द्रीय बैंकको सञ्चालनमा निरन्तरता दिँदै आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरूमा सहजीकरण गर्न मिश्रले कामु गभर्नरको भूमिका निर्वाह गर्ने छन्।