डा. मुकुल ढकाल महामन्त्री कायम राख्न माग गर्दै सर्वोच्च पुगे

काठमाडौं – आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन्। उनले निर्वाचन आयोगमा रहेका अभिलेख यथावत राख्नुपर्ने र पार्टीभित्र महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित रिट दायर गरेका हुन्।

न्यायाधीश कुमार रेग्मीको इजलासमा ढकालको निवेदनमाथि प्रारम्भिक सुनुवाइ भइरहेको छ। उनले रिटमार्फत दुई प्रमुख माग अघि सारेका छन् ।  निर्वाचन आयोगको अभिलेखमा आफूलाई नै अधिकृत महामन्त्री र प्रवक्ताको रुपमा यथावत राख्नुपर्ने र २. रास्वपाभित्र महामन्त्रीको हैसियतमा काम गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने माग राखेको छन् ।

यद्यपि, सर्वोच्च अदालतको वेबसाइटमा उनले निर्वाचन आयोगलाई प्रतिवादी बनाएको देखिँदैन। रास्वपाले ढकाललाई महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेपछि कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गरेको थियो।तर निर्वाचन आयोगले गत साता ढकाललाई पठाएको पत्रमा अभिलेखअनुसार उनी नै महामन्त्री रहेको पुष्टि गरेको थियो। सो जानकारी सार्वजनिक भएलगत्तै रास्वपाले नयाँ नियुक्ति गर्दै फेरि अर्को विवरण आयोगमा पठाए पनि त्यो अहिलेसम्म अद्यावधिक भएको छैन।

ढकालले रास्वपा, केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, महामन्त्री नियुक्त भएका बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन्। अब अदालतको निर्णयले रास्वपाभित्रको नेतृत्व विवाद थप चासोको विषय बन्ने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्