सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ का लागि आवेदन खुला

काठमाडौं- सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ आयोजना हुने भएको छ। आयोजक संस्था अर्थ नेपाल प्रा.लि. द्वारा जारी विज्ञप्तिमा अवार्डका लागि आवेदन खुला गरिएको जानकारी गराइएको छ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजना गरिन लागेको यस अवार्डमा २०७८ बैशाखदेखि २०७८ चैत्र महिनासम्म सार्वजनिक भएका गीतसंगीतले सहभागिता जनाउन सक्नेछन्। कार्यक्रम संयोजक मनोज थापाका अनुसार, अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप आधुनिक विधामा सहभागीता जनाउन सकिनेछ।

सगरमाथा म्युजिक अवार्डका छ वटा संस्करणहरू भव्य रूपमा सम्पन्न भइसकेका छन्। सातौं संस्करणमा पनि विगतझैं नेपाली गीतसंगीतमा उल्लेखनीय योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ। साथै कला क्षेत्रका पत्रकारहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ। विशेष सम्मानस्वरूप एक जना अग्रज रंग पत्रकारलाई नगदसहित ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिनेछ।

अवार्डमा सहभागी हुन चाहने कलाकार तथा सर्जकहरूले सगरमाथा म्युजिक अवार्डको आधिकारिक वेबसाइटमार्फत आवेदन फारम भर्न सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्