काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। पार्टीको कार्यकारिणी समितिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संसदीय दललाई समर्थनबारे पुनर्विचार गर्न निर्देशन दिएको हो।
जसपाको समर्थन फिर्ता भए राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिएको छ। बहुमतका लागि आवश्यक ३० सांसद पुर्याउन ओली सरकारसँग अंक नपुग्ने अवस्था छ। अध्यक्ष उपेन्द्र यादवले सरकारका प्रतिवद्धता पूरा नभएको आरोप लगाउँदै चाँडै निर्णय हुने बताएका छन्। यता कांग्रेस र एमालेले भने जसपाको निर्णयले सरकारमा विशेष असर नपर्ने दाबी गरेका छन्।