काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुगेकी छन् । झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतकाे इजलास कक्षमै पुगेकी हुन् ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज अदालत पुगेका थिए ।
थुनछेक बहस सकिएसँगै न्यायाधीशहरू आदेश लेखनमा जुटेका छन् । नेपालसहित कानुन व्यवसायीहरू इजलास कक्षभित्रै आदेशको पर्खाइमा छन् । नेपालसँग गोविन्द बन्दी, शम्भु थापालगायत कानुन व्यवसायीहरू रहेका छन् ।






