धादिङमा महिलाले त्रिशूली नदीमा हाम फालिन्, खोजी कार्य जारी

काठमाडौं – धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशूली नदीमा एक महिलाले हाम फालेकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे नदीमा हाम फालेको पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल नेपालले दिएको जानकारी अनुसार घटनापछि तुरुन्तै खोजी कार्य सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाटबाट नायब निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनाको कारण खुल्न नसकेको र हाल महिलाको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरू त्रिशूली नदी आसपासको क्षेत्रमा सक्रिय रूपमा खोजी कार्यमा जुटिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्