अपिहिमाल गाउँपालिकाले सार्वजनिक गर्‍यो ४० करोड बढीको बजेट, शिक्षा, पूर्वाधार र स्वास्थ्यमा प्राथमिकता

दार्चुला – दार्चुलाको सुदुरवर्ती अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ३ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनमार्फत उपाध्यक्ष देवकी देवी बोहराले बजेट प्रस्तुत गर्नुभएको हो। बजेट प्रस्तुत गर्नुअघि गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रस्तुत गर्नुभएको थियो।

बजेट स्रोतको विवरण अनुसार:

  • संघीय समानीकरण अनुदान : ९ करोड ६ लाख रुपैयाँ
  • प्रदेश समानीकरण अनुदान : ७२ लाख १८ हजार रुपैयाँ
  • प्रदेश सरकारबाट राजस्व बाँडफाँट : २२ लाख ९४ हजार रुपैयाँ
  • आन्तरिक राजस्व : २३ लाख २८ हजार रुपैयाँ
  • संघीय सशर्त अनुदान : १० करोड ८५ लाख रुपैयाँ
  • संघीय विशेष अनुदान : ३ करोड ६५ लाख रुपैयाँ
  • अघिल्लो वर्षको मौज्जाद : ६० लाख रुपैयाँ

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना र स्थानीय सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिइएको उपाध्यक्ष बोहराले बताउनुभयो।

गाउँपालिकाले आगामी वर्षमा भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउने, आन्तरिक स्रोत परिचालनमा सुधार ल्याउने र पारदर्शी तथा प्रभावकारी स्थानीय शासन सञ्चालन गर्ने लक्ष्य लिएको छ। अध्यक्ष भक्त सिंह ठेकरे बोहराले नीतिगत दृष्टिकोणमार्फत गाउँपालिका समृद्ध बनाउने आधार तय गरिएको बताउँदै सबै वडाका जनतामाझ सेवा पुगोस् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। अपिहिमाल गाउँपालिका सुदूरपश्चिमको विकट हिमाली क्षेत्रमध्ये पर्दछ, जहाँ विकासका आधारहरू विस्तार गर्न यस्ता योजनाले सघाउ पुग्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्