रास्वपा र राप्रपाको बहिष्कारबीच विनियोजन विधेयक पारित

काठमाडौं – प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट ध्वनीमतका आधारमा पारित गरेको छ । संसदको चौंथो र पाचाैं दल रास्वपा र राप्रपाको बहिष्कारबीच वैठकले विनियोजन विधेयक पारित गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस भनि प्रस्तुत गरेका थिए । उनको प्रस्ताव पारित भयो भने विभिन्न दलका सांसदहरुले बजेट कटौतिका लागि गरेका प्रस्तावहरु अस्वीकृत भए । अर्थमन्त्री पौडेलले पेश गरेको आर्थिक विधेयक पनि प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । यस्तै, अर्थमन्त्री पौडेलले राष्ट्रऋण उठाउने विधेयक पनि संसदमा प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्