भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर यस समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न लागेको बताएका हुन्।

उनका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरूको सहभागिता रहनेछ।

गृहमन्त्री लेखकले समितिले तत्कालीन तथा दीर्घकालीन समाधानका लागि आवश्यक सुझाव दिने जानकारी गराए। साथै, यदि आवश्यक परे नीतिगत तथा कानुनी सुधारको मस्यौदा समेत समितिले तयार पार्नेछ। उनले समितिको सिफारिस कार्यान्वयनको जिम्मा सरकारकै हुने बताए।

उनले विश्वास व्यक्त गर्दै भने, “अब भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्