भिजिट भिसा प्रकरण छानबिनका लागि गठित समितिलाई ९ वटा कार्यादेश

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठन गरेको उच्चस्तरीय समितिलाई ९ वटा कार्यादेश दिएको छ। गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधि सभा बैठकमा उक्त जानकारी दिएका हुन्।

सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समितिको गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।

गृहमन्त्री लेखकका अनुसार समितिले तत्कालीन र दीर्घकालीन सुधारका उपायहरूको सुझाव दिनेछ। नीतिगत वा कानुनी सुधार आवश्यक भएमा त्यसको मस्यौदा समेत समिति आफैंले तयार पार्नेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा असर नपर्ने गरी समिति सञ्चालन हुने स्पष्ट पारिएको छ।

समितिलाई अध्यागमन प्रणालीमा विद्यमान समस्या पहिचान गर्नेदेखि नीतिगत सुधारको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। गृहमन्त्री लेखकले समितिको सिफारिस कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाउँदै यो पहलबाट भिजिट भिसासम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान हुने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्