संक्रमणकालीन न्यायबारे सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीबीच छलफल

काठमाडौं, ६ असार — संक्रमणकालीन न्यायसम्बन्धी विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको छ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। तीन दलका अन्य नेताहरूको पनि सहभागिता रहेको स्रोतले जनाएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको भूमिका, सुधार र पुनर्गठनका विषयमा पछिल्लो समय तीव्र बहस चलिरहेको छ। सोही सन्दर्भमा प्रमुख तीन दलबीच साझा धारणा बनाउन सिंहदरबारमा बैठक बसेको हो।

छलफलमा संक्रमणकालीन न्यायलाई निष्पक्ष, पीडितमुखी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने विषयमा केन्द्रित बहस भइरहेको बताइएको छ।

बैठकको निष्कर्षबारे थप जानकारी दिन दलहरूले केहीबेरमा औपचारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्