सेयर बजारमा गिरावट, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आज २४.७६ अंकले घट्दै २६२८ अंकमा कायम भएको छ। सूचक घटे पनि कारोबार रकम भने बढेर ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ९ अर्ब ८ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

आज जम्मा ४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ। सबै समूहगत सूचकहरू राताम्य बनेका छन्। व्यापार समूह सबैभन्दा बढी २.४७ प्रतिशतले घटेको हो भने हाइड्रोपावर १.३४, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६ र विकास बैंक १.१२ प्रतिशतले घटेका छन्।

पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मध्यभोटेकोशी, शिवश्री, पाँचथर पावर र आँखुखोलाको मूल्यमा समेत वृद्धि देखिएको छ। यता, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य भने १० प्रतिशतले घटेको छ।

आजको कारोबारमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रो र राधि विद्युत् कम्पनी अग्रस्थानमा रहे। बजार सूचक ओरालो लागे पनि कारोबार रकमको वृद्धि बजारमा सक्रियता कायमै रहेको संकेत मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्