प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष जनार्दन शर्मालाई पार्टी छोड्न भनेको भन्ने हल्ला असत्य भएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले, “भनेकै छैन, त्यो बेकारको कुरा हो,” भनेर स्पष्ट पारे।

हाल माओवादी केन्द्रभित्र लाइन संघर्ष चलिरहेका बेला शर्मासँग प्रचण्डको सम्बन्ध चिसिएको बताइँदै आएको छ। पार्टीभित्र चुनौती दिइरहेका शर्माप्रति प्रचण्ड रुष्ट भएको चर्चा चलिरहेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षसँग सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेबीच भएको दुई बुँदे सहमति पार्टीभित्रै असन्तुष्टिको कारण बनेको छ।

यस विषयमा बोल्दै प्रचण्डले भने, “नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन्। निर्णय सही छ भन्ने महसुस गर्छन्।”

त्यसैगरी, सहमतिको विषयमा पार्टी उपाध्यक्ष अग्नि सापकोटाको कुनै संलग्नता नरहेको दाबी गर्दै उनले भने, “यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन।”

प्रचण्डले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको पनि बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्