कञ्चनपुरमा १३ वर्षीय बालकको रहस्यमय मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक १३ वर्षीय बालक मृत फेला परेका छन्। शुक्रवार साँझ सुदर्शन डगौरा नाम गरेका ती बालक आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कच्ची भुइँ र टिनको छानायुक्त घरको आँगनमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म मृत्युको कारण खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्