काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधबीच प्रतिनिधिसभा बैठक आज अघि बढेको छ।
सभामुख देवराज घिमिरेले अवरोधका बाबजुद बैठक सञ्चालन गर्दै कार्यसूची अघि बढाएका हुन्। बैठकको सुरुआतमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिइएको थियो ।
पाण्डेले बोल्न थालेपछि रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठोकेर विरोध जनाए पनि उनले आफ्नो मन्तव्य जारी राखे। पछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिँदा रास्वपाले भने अवरोध गरेन।
संसदमा प्रमुख दलहरूबीच भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने सहमतिपछि बैठक अघि बढाइएको हो, तर रास्वपाले उक्त सहमतिमा असहमति जनाउँदै अवरोध जारी राखेको छ।






