मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

जनकपुरधाम – मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन्। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर उनको निलम्बन जानकारी गराएका हुन्।

कुशवाहा बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए। अख्तियारका अनुसार उपभोक्ता समिति गठन गरी संकलित रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थमार्फत घुसबापत आफ्नो खातामा जम्मा गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। यसअघि सचिव कायस्थ महोत्तरीबाटै पक्राउ परेका थिए।

मधेश प्रदेशसभामा हालसम्म तीन जना सांसद निलम्बन भइसकेका छन् । सरोजसिंह कुशवाहा, दिपेन्द्र ठाकुर र अभिराम शर्मानिलम्बन भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्