– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही अडानका कारणले उनीहरू संसद अवरोध अन्त्यसम्बन्धी सहमतिमा सहभागी नभएको बताएका छन्।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले रास्वपा र सत्तारुढ दलहरू फरक तरिकाले अघि बढ्ने अवस्था देखिएको बताए।
“मूलभूत रूपमा हाम्रो र रास्वपाबीच खासै केही फरक छैन,” उनले भने, “तर उहाँहरूको केही अडानका कारण उहाँहरू केही दिन आफ्नै तरिकाले जानुहुन्छ होला।”
तर उनले रास्वपासँग कुनै विमति वा आरोप–प्रत्यारोप नरहेको पनि स्पष्ट पारे।






