काठमाडौं — पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन आंशिक बन्द हुने भएको छ।
बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्यका लागि रातको समयमा सवारी रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।
निर्माणका क्रममा ठूलो साइजको क्रेन प्रयोग गर्नुपर्ने भएकाले भारी सवारी मलेखु र मुग्लिनमा तथा हलुका सवारी कुरिनटार र शितलबजारमा रोकिनेछन्। रोकिएका सवारीहरू बिहान ३ बजेपछि मात्र छोडिनेछ।







