शारजाहमा नेपाल र वेस्ट इन्डिजबीच टी–२० क्रिकेट भिडन्त तय

काठमाडौं — नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय (T20I) सिरिज सेप्टेम्बरमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बर २७, २८ र ३० तारिखमा युएईको शारजाह क्रिकेट मैदानमा सिरिज आयोजना हुने घोषणा गरेको हो।

यो नेपालको वेस्ट इन्डिजसँगको पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। वेस्ट इन्डिज दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको बलियो टोली हो। यस सिरिजलाई नेपाली क्रिकेटको लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्