अहमदाबाद विमान दुर्घटना बचेका बेलायती नागरिकले के भने ?

काठमाडौँ – अहमदाबादको विमान दुर्घटनाबाट एक जना बेलायती नागरिक जीवितै उद्धार भएको पुष्टि भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अहमदाबादका प्रहरी आयुक्त जी.एस. मलिकले टेलिफोनमार्फत जानकारी दिँदै भने, “बोइङ ७८७–८ ड्रीमलाइनर विमानको सिट ११ए मा बसेका एक व्यक्ति जीवित छन्। उनी हाल अस्पतालमा छन् र उपचार भइरहेको छ।”

यसअघि अधिकारीहरूले सार्वजनिक गरेको यात्रु सूचीअनुसार सिट ११ए मा बसेका यात्रु विश्वास कुमार रमेश हुन्, जो बेलायती नागरिक हुन्। विभिन्न सञ्चारमाध्यमहरूका अनुसार विश्वास कुमार रमेशसँग कुराकानी भएको छ र उनले आफ्नो नाम र सिट नम्बर उल्लेखित बोर्डिङ पास पनि देखाएका छन्।

विश्वासले भनेका छन्, “उडान भरेको लगभग ३० सेकेन्डपछि ठूलो आवाज आयो र विमान एकाएक दुर्घटनाग्रस्त भयो। सबै कुरा निकै छिटो भयो।”

यो दुर्घटनामा हालसम्म २०४ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने ४१ जना घाइतेको उपचार भइरहेको छ। विश्वास कुमार रमेशको जीवित उद्धारलाई एक असाधारण चमत्कारको रूपमा हेरिएको छ। बीबीसी हिन्दीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्