अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना, २४२ यात्रु सवार

काठमाडौं-  भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक ठूलो विमान दुर्घटना भएको छ। इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो।

एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानले लन्डनका लागि उडान भरेको केहीबेरमै समस्यामा परेर दुर्घटना भएको बताइएको छ। विमानमा २४२ यात्रु सवार रहेको जनाइएको छ। हालसम्म यात्रुहरूबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

घटनास्थल नजिकैबाट लिइएका तस्बिर तथा भिडियोहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको उल्लेख गरिएको छ। घटनापछि ७ वटा दमकलसहित आपतकालीन टोली तुरुन्तै दुर्घटनास्थलमा पुगेको बताइएको छ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाले स्थानीय प्रशासन, एयर इन्डिया र आपतकालीन सेवाहरूबाट थप जानकारीको प्रतीक्षा गरिएको छ। यात्रुहरूको अवस्था र दुर्घटनाको कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्